|

काठमाडौं : पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्सामा एउटा वडामा जित निकालेको छ। 

पर्साको पोखरीया नगरपालिका–९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद आलम विजयी भएका छन्। आज विहान मतगणनाको अन्तिम नतीजा अनुसार आलम ८ सउ ७७ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु चौहानले भने ६७८ मत मत प्राप्त गरे।​ पोखरीया नगरपालिकामा सुशासन पार्टीले मेयर र उपमेयरमा पनि उम्मेदवारी दिएको थियो।

जारी मतगणनामा मेयर पदमा सुशासन पार्टीका उम्मेदवार शंकर यादव दोश्रो स्थानमा छन्। पहिलो स्थानमा भने एमालेका उम्मेदवार प्रधुमन प्रसाद चौहानले अग्रता लिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.