|

बझाङ : बझाङको तलकोट गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

अध्यक्षमा एमालेका कलक बहादुर रोकाया र उपाध्यक्षमा पार्वती कुँवर भण्डारी निर्वाचित भएका छन्। अध्यक्ष रोकायाले २ हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका नारायण कुमार धामीले २ हजार २२९ मत ल्याए। राप्रपाका ललितप्रसाद जोशीले ३५ मत पाए।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पार्वती कुँवर भण्डारी २ हजार ६२१ मतसहित निर्वाचित भइन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जयकुमारी ऐडीले २ हजार ३९२ मत ल्याए।

स्वतन्त्र उम्मेदवार पार्वती ऐडीले ६८ मत पाइन्। ७ वडा रहेको तल्कोटमा नेकपा एमालेले ६ वडा जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.