|
फाइल फोटो

काठमाडौं : नेकपाका नेता महेश बस्नेतले भक्तपुरमा टिकट वितरण प्रक्रियामै कमजोरी भएका कारण एमाले असफल भएको बताएका छन्। एमालेविरुद्ध सबै दलहरू गठबन्धन बनाएर लागेको वेला पनि भक्तपुरमा पुरानो हैसियत कायम गर्ने उद्देश्य लिएको वेला टिकट वितरणमा असफल भएको उल्लेख गरेका हुन्।  

‘एमालेविरुद्ध सबै दलहरू गठबन्धन बनाएर लागेका वेला पनि हामी भक्तपुरमा पुरानो हैसियत कायम गर्ने उद्देश्यले लागेका थियौं’‚ उनले फेसबुकमा लेखेका छन्, ‘टिकट वितरण प्रक्रियामा देखिएका असन्तुष्टि मिलाउन नसक्दा, जनतामा हाम्रा बारेमा फिँजाइएका भ्रम समयमा चिर्न नसक्दा, निर्वाचित जनप्रतिनिधिहरूका बारेमा गरिएका कु-प्रचार तोड्न सकेनौँ।’

जनताको अपार समर्थनलाई संगठित रूपमा पार्टीकरण गर्न नसक्दा, इतिहासमै नभएको विकास र गतिविधि गर्दा पनि मध्यपुर थिमि नगरपालिका १, २,५  वडामा अध्यक्ष पराजित भएर मिश्रित परिणाम आएको उल्लेख गरेका छन्। उनले प्रमुख र उपप्रमुखमा मत घटेकाले लगभग हारको नजिक पुगिएको बताएका छन्। 

उनले भनेका छन्, ‘सूर्यविनायक नगरपालिकामा पनि विगतमा कांग्रेसले जितेको योपटक हामीले जित्ने आशा गरेको वार्ड नं २ र ३ झिनो मतले जित्न सकिएन। अघिल्लो पल्ट जितेको दधिकोट थोरै मतले पराजित भएर मिश्रित परिणाम आएको छ। अब मत गन्न बाँकी ५, ६, ७, ८, ९,१ ० सबै वडाहरू र मेयर उपमेयर राम्रैसँग जितिने सम्भावना छ।’

चाँगुनारायण नपामा पनि विगतमा कांग्रेसले जितेको १ र २ नं वडा जित्ने लक्ष्यमा झिनो मतले पराजित भएको बताएका छन्। पहिला जितेको वार्ड नं ६  मा पराजित भएको उल्लेख गरेका छन्। 

‘अब मेयर र उपमेयरको अग्रता बढेको छ। बाँकी वडाहरू ७, ८ र ९ को परिणाम राम्रो आउने र मेयर उपमेयर जित्ने सम्भावना छँदै छ’‚ उनले भनेका छन्, ‘जे होस् यो परिणाममार्फत जनताले दिएको आदेश स्वीकार गरेर हामीभित्र जान अन्जानमा भएका भएका कमजोरी हटाएर अझ सशक्त ढंगले अगाडि बढ्दै जनताको सेवामा आउनेछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.