|

जनकपुरधाम : धनुषाको लक्ष्मीनिया गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा फूलकुमारी यादवनी निर्वाचित भएका छन्।

मिश्रले ३ हजार ७६५ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका डाक्टर शत्रुघन यादवले ३ हजार ४९७ मत र नेकपा एमालेका अजयकुमार यादवले ३ हजार ३७३ मत ल्याएका छन्।

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै फूलकुमारी यादवनी ३ हजार ६२८ मत ल्याएर निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी विमलाकुमारी यादव ३ हजार ४६० मत र नेकपा एमालेकी भोली कुमारीले ३ हजार ९ मत ल्याएकी छिन्।

यता गाउँपालिका वडाध्यक्षमा वडा नम्बर १,२,५,६,र ७ मा नेकपा एमाले, वडा नम्बर ३ मा जसपा नेपाल र ४ मा नेपाली कांग्रेस जितेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.