|

संखुवासभा : संखुवासभाको मादी नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्।

मादी नगरपालिका प्रमुखमा एमालेका जिवन लिङ्थेपले ४ हजार ३३१ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट प्रमुख उम्मेदवार शेर्पाले २ हजार ६७६ मत मात्र ल्याएका छन्।

प्रमुख लिङथेपले १६ सय ५५ मत अन्तरले माओवादी केन्द्रका दावाछत्र शेर्पालाई पराजित गरेका हुन्।

त्यस्तै उपप्रमुखमा एमालेकै सुनिता देवी भट्टराई विजयी भएकी छन्। उनले ४ हजार ११० मत ल्याएर विजयी भएकी हुन्। कांग्रेसका शेर्पालाई ८८२ मत अन्तरले पछि पार्दै उपप्रमुख भट्टराई उपप्रमुख पदमा विजयी भएकी हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पासाङ शेर्पाले ३ हजार २२८ मत ल्याएका छन्। मादी नगरपालिकामा यस अघि प्रमुख उपप्रमुख नै एमालेले जितेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.