|

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ।

माओवादी, कांग्रेस र समाजवादीका साझा उम्मेदवार माओवादी केन्द्रका कर्ण बहादुर बुढाथोकी ७ हजार ४ सय ६६ मत ल्याएर विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द कुमार पुनले ४ हजार ७ सय २० मत प्राप्त गरेका छन्। बुढाथोकीले पुनलाई २ हजार ७ सय ४६ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन्।

पुन २०७४ को स्थानीय चुनावमा बुढाथोकीलाई पराजित गरी मेयर पदमा निर्वाचित भएका थिए। पाँच वर्ष पछि पुन बुढाथोकीबाट फराकिलो मतान्तरले पराजित भएका छन्। उनी नेकपा एमालेका जिल्ला अध्यक्ष समेत हुन्।

यस्तै, उपमेयरमा पनि साझा गठबन्धनबाट उम्मेदवार बनेको नेपाली कांग्रेसका पुरुषोत्तम आचार्य ५ हजार ७ सय ३५ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले र स्वतन्त्र उम्मेदवार दिपेन्द्र विष्टले ४ हजार १ सय ८० मत ल्याएका छन्।

बनगाड कुपिण्डे नगरपालिका जम्मा २० हजार ९९६ मत मध्ये १४ हजार २०८ मत खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.