|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १९ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ४ हजार १९७ जनामा गरिएको परीक्षणमा १९ जना संक्रमित भेटिएका हुन्।

आज १८ जना बिरामी संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ सय ४९ जना सक्रिय संक्रमित रहेका छन्।

जसमा काठमाडौं उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरमा गरी ४४ जना सक्रिय संक्रमित रहेका छन्। भक्तपुर संक्रमणमुक्त रहेको छ।

यस्तै नेपालमा हालसम्म ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.