|

जनकपुरधाम : धनुषामा दाजुभाइबीच विवाद हुँदा गोली चलेको छ। धनुषाको  नगराइन नगरपालिका वडा-८ स्थित अकौराका जामुन पासवान र नसिब पासवानबीच घरायसी विवाद हुँदा गोली चलेको प्रहरीले  जानकारी दिएको छ।

दुबै पक्षबीच झगडाको क्रममा कुटाकुट हुँदा नसिब पक्षका ५० वर्षीय श्रीनारायण पासवानले जामुनमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

७१ वर्षीय जामुनको दाहिने हातको पाखुरामा गोली लागेको र अहिले उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएको छ। यता, घटनास्थलबाट प्रहरीले दुई थान नलकटुवा पेस्तोल र १२ राउण्ड गोली बरामद गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा छानबिनका लागि ११ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ गरेकोमा इन्द्रनारायण पासवान, अभिषेक पासवान, सोमनाथ पासवान, अजय पासवान, राजीव पासवान, धर्मेन्द्र पासवान, राजीव पासवान, प्रसादी पासवान, प्रह्लाद पासवन, विजयकुमार पासवान र राजन पासवानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.