संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्।
चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्ण कुमार तामाङ ६ हजार ७५७ मत ल्याएर विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर कार्कीले ५ हजार ९४० मत ल्याएका छन्। नेपाली कांग्रेसका कार्कीलाई ८१७ मतले हराउँदै तामाङ प्रमुख पदमा विजयी भएका छन्।
तामाङ यस अघि जिल्ला समन्वय समिति सदस्य हुन्। उपप्रमुखमा नेकपा एमालेकै एलिना श्रेष्ठ विजयी भएकी छन्।
उपप्रमुख श्रेष्ठले ६ हजार ३०५ मत ल्याएर विजयी भएकी छन्। गठबन्धन तर्फबाट माओवादी केन्द्रका लाखमान तामाङलाई ८७५ मत अन्तरले पछि पार्दै श्रेष्ठ उपप्रमुख पदमा विजयी भएकी छन्।
उनका निकटतम प्रतिद्वन्द्वी तामाङले ५ हजार ४३० मत ल्याएका छन्। नेकपा एमालेले गठबन्धनलाई हराउँदै प्रमुख उपप्रमुख जितेको छ। चैनपुर नगरपालिका यस अघि पनि एमालेले जितको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।