एमालेद्वारा विरोध, गणना प्रभावित

|

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा मतगणना स्थलमा स्वस्तिक छाप फेला परेपछि मतगणना प्रभावित बनेको छ। मत परिणामको तथ्यांक रुजु गर्ने कोठामा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि गणना प्रभावित बनेको हो। नेकपा एमालेले विरोध जनाएपछि मतगणना स्थगित भएको बताइएको छ। 

एमालेले सत्तारुढ गठबन्धनमाथि चुनावमा धाँधली गर्न स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यकक्षमा फेला परेको आरोप लगाएको छ। उक्त स्वस्तिक छाप फेला परेको कोठामा गठबन्धननिकट मानिने गोदावरी नगरपालिकाका एक जना कर्मचारीसमेत भेटिएको भन्दै एमालेले छाप लगाएर मतपत्र साटासाट गर्ने काम गरिएको आशंका गरेको छ।

तर गोदावरी नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले भने अहिले सर्वदलीय छलफल भइरहेको बताउँदै गणना प्रभावित नहुने बताए। उनले समेत स्वस्तिक छाप कसले कहाँबाट ल्याएर राख्यो भन्ने विषयमा जानकारी नभएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.