|

दोलखा : जिरी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

भर्खरै सार्वजनिक अन्तिम मत परिणामअनुसार प्रमुखमा मित्र जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकी निर्वाचित भएका हुन्। प्रमुखमा जिरेलका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पालाई २५७ मतान्तरले पराजित गर्दै विजयी भए।

विजयी जिरेलले २ हजार ९४९ मत पाए भने पराजित शेर्पाले २ हजार ६९२ मत पाए। 

त्यसैगरी उपप्रमुखमा बुढाथोकी निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका तेजबहादुर तामाङलाई ३१४ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन्। विजयी बुढाथोकीले ३ हजार ४३४ मत प्राप्त गरे भने पराजित तामाङले ३ हजार १२० मत पाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.