|

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायमै रहेको छ।

पछिल्लो मत परिणाम अनुसार महर्जनले ८ हजार ५ सय ३४ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ३ हजार ७ सय ८५ मत  मत प्राप्त गरेका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार अष्टबहादुर महर्जनले ७ सय ९५ मत पाएका छन्।

महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्य बज्राचार्यले चार हजार ३५ मत प्राप्त गरेकी छिन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका बाबुराज बज्राचार्य दुई हजार ७ सय ९४ मत मत प्राप्त गरेका छन्।

राप्रपाकी उपमेयर उम्मेदवार स्वर्णिम शाक्यले १४ सय २४ मत प्राप्त गरेकी छिन्।

अहिले मतगणना ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कडा सुरक्षाबीच जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म पाँच वटा वडाको मात्रै परिणाम आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.