|
फाइल तस्वीर

विराटनगर : विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार नागेश कोइरालाले एमालेका सागर थापासँग २ हजार ४ सय ५३ मतको अन्तरले अग्रता कायम राखेका छन्।

कोइरालाले ९ हजार २ सय ९ मत प्राप्त गर्दा थापाले ६ हजार ७ सय ५६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ८ सय ४९ मत प्राप्त गरेका छन्।

उपप्रमुखकी उम्मेदवार शिल्पा कार्की ३ हजार २ सय ८२ मतले  गठबन्धनको तर्फबाट उम्मेदवार रहेका अमरेन्द्र यादवभन्दा अगाडि छन्। कार्कीले ८ हजार ६ सय ९० मत प्राप्त गर्दा यादवले ५ हजार ४ सय ६ मत प्राप्त गरेका छन्। उपमेयरकी स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १ हजार ८ सय ९१ मत प्राप्त गरेकी छन्।

मेयर उपमेयरमा धेरै मत बदर

१ लाख ३३ हजार मतदाता रहेको विराटनगर महानगरपालिकामा ९९ हजार ७ सय ९९ मत खसेको मुख्य निर्वाचन आयोगको तथ्यांकले जनाएको छ। खसेको मतमध्ये उपप्रमुखमा परेका धेरै मत बदर भएको तथ्यांकले देखाएको छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार उपमेयरमा १२ हजार ४ सय २२ मत बदर भएको छ भने मेयरमा ८ हजार ४ सय ३२ मत बदर भएको  छ। 

तीन वटा वडामा एमालेको जीत

महानगरमा काँग्रेसले अग्रता कामय गर्दै गर्दा वडामा भने ३ वटा वडामा एमालेले जित हासिल गरेको छ। १९ वटा वडा रहेको विराटनगर महागरपालिकामा १, २ र १९ नम्बर वडामा एमालेले जीत हासिल गरेको छ।

१६ नम्बर वडामा नेपाली काँग्रेसले जीत हासिल गरेको छ। १७ नम्बर वडामा जसपाले जितेको छ भने १८ नम्बर वडामा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन्। अहिले क्रमशः वडा नं. ३, ४, ५, ६, ७, १२, १३, १४ र १५ गरी  ९ वटा वडाको मतगणना जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.