|

रुकुम (पूर्व) : भूमे गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रको जित भएको छ। भूमेमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रको जित भएको हो।

गाउँपालिकाको अध्यक्षमा होम प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् भने उपाध्यक्षमा सविना बुढा मगर निर्वाचित भएकी छिन्। अध्यक्ष र उपाध्यक्ष दुवै जना भारी मतका साथ निर्वाचित भएका हुन्।

अध्यक्षमा निर्वाचित श्रेष्ठले ३ हजार ९ सय ७५ मत प्राप्त गर्दा उपाध्यक्षमा बुढाले ३ हजार ९ सय ५१ मत प्राप्त गरेका छन्। यस्तै अध्यक्ष पदको लागि उम्मेदवारी दिएका मंगोल नेशनल अर्गनाइजेशन पार्टीका रतन बहादुर बुढाले ५ सय ३ मत प्राप्त गरी दोस्रो स्थानमा आएको छ।

भने राष्ट्रिय जनमोर्चाका कमान पुनले ५६ मत प्राप्त गरेका छन्।

एमाले–कांग्रेस गठबन्धनबाट उपाध्यक्षका उम्मेदवार कमानसिंह डाँगी क्षेत्रीले १ हजार ३ सय ५५ मत प्राप्त गरेका छन्।

यस गाउँपालिकामा मनोनयन दर्ता गर्दा एमाले र कांग्रेसले गठबन्धन गरेका थिए। कांग्रेसले पालिका अध्यक्षमा र एमालेबाट उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए।

पछि कांग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर ओलीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

९ वटा वडा रहेको यस गाउँपालिकाको ८ नम्बर वडामा मात्र कांग्रेसले वडाध्यक्ष जितेको छ। वडा सदस्य सबै माओवादीले जितेको छ। ४ नम्बर वडामा एमाले–माओवादी केन्द्रको गठबन्धन हुँदा वडाध्यक्ष एमालेबाट र वडा सदस्य माओवादी केन्द्रबाट विजयी भएका छन्।

अन्य सबै वडामा माओवादीको प्यानलै विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.