|

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको वडामा नेपाली काँग्रेसले जितको छ। मुख्यमन्त्री राई  नेकपा (एकीकृत समाजवादी)का सचिव समेत हुन्।

भोजपुरको षडानन्द नगरपfलिका-११ झ्याउँपोखरीमा नेपाली कांग्रेसका भुपालकुमार कार्कीले जितेका छन्। उनले ६ सय ९६ मत ल्याएर विजयी हुँदा दोस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी)का मिलन विष्टले ३७७ मत प्राप्त गरेका छन्।

एमालेका ज्ञानेन्द्रप्रसाद दाहालले २ सय १० मत प्राप्त गरेका छन्। षडानन्द नगरपालिकाको १, ५, ७, १०, १२ र १४ नम्बर वडा एमालेले जितेको छ। वडा नम्बर २, ४, ६, ८, ११ र १३ मा कांग्रेस विजयी भएको छ। नेकपा एकीकृत समाजवादीले ९ नम्बर वडा र माओवादी केन्द्रले ३ नम्बर वडामा जितेको छ।

षडानन्द नगरपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेको भए पनि एमालेका उम्मेदवार सुरेन्द्र उदास प्रमुखमा निर्वाचित भएका छन्। उनले ६ हजार ७ सय ७२ मत ल्याउँदा कांग्रेसका वीरबल राईले ५ हजार ७ सय ५७ मत ल्याएका थिए।

उपप्रमुखमा भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की प्रमिला राई ७ हजार २ सय ५७ मतसहित विजयी बनेकी छिन्। उनले एमालेकी उम्मेदवार मेरिकालाई पराजित गरेकी हुन्। मेरिका राईले ४ हजार ३ सय ५८ मत ल्याएकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.