|

विराटनगर : मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार राजमति इङ्नामको जितसँगै उनले एमालेको विरासत जोगाएकी छिन्।

मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष पदमा इङ्नाम निर्वाचित भएकी हुन्। यसअघि उनी गाउँपालिका उपाध्यक्ष रहेकी थिइन्।

इङ्नाम ८९७५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएकी हुन्।

उनले नेपाली कांग्रेसका सन्जय भट्टराईलाई ३ हजार १ सय २९ मतान्तरले पराजित गरेकी छन्। भट्टराईले ५८४६ मत प्राप्त गरे।

उपाध्यक्षमा पनि एमालेकै भोलाप्रसाद अधिकारी निर्वाचित भएका छन्। उनले ९५७० मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार मनकुमारी गुरुङले ७८१८ मत पाएकी छन्।

यसअघि गाउँपालिका अध्यक्षमा नेकपा एमालेकै तारा बहादुर काफ्ले थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.