|

सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेयरमा र उपमेयरमा नेकपा एमाले विजयी भएको छ। मेयरमा एमालेका जन चन्द्र रोकाया र उपमेयरमा एमालेकै देवी घर्ती निर्वाचित भएका हुन्।

मेयरमा रोकायले २१०४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्र लाल धरालाले  १५९६ मत ल्याएका छन्।

माओवादीका मेयरका उम्मेदवार दिलबहादुर विष्टले १४२२ मत पाएका छन्।

उपाध्यक्षमा निर्वाचित एमालेकी देवी घर्तीले १८५६ मत ल्याउँदा माओवादी केन्द्रका काली चलाउनेले १२९० मत पाएका छन्। नेपाली कांग्रेसकी सावित्री पहाडीले १२७७ मत ल्याएकी छिन्।

त्रिपुरासुन्दरी नगरपालिकामा यसअघि २०७४ को स्थानीय निर्वाचनमा पनि नेकपा एमालेले नै जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.