|

बागलुङ : जैमिनी नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चाका नर बहादुर पुन भारी मतले निर्वाचित भएका छन्।

पुनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लीला रानालाई ५ हजार ८ सय ८२ मतान्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन्। पुनले ८ हजार ७ सय ५५.मत प्राप्त गरेका छन् भने रानाले २ हजार ८ सय ७३ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा नेपाली कांग्रेसका हरिहर शर्मा निर्वाचित भएका छन् । उनी ६ हजार ५ सय ३७ मतान्तरले उपप्रमुखमा निर्वाचित भएका हुन्।

शर्माले ९ हजार १ सय ७३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उषा पौडेलले २ हजार ६ सय ३६ मत प्राप्त गरेकी छिन्। नगरपालिकामा नेपाली कांग्रेसले वडा-१ कुश्मीसेरा, २ दमेक, ५ बिनामारे, ७ जैदी र ८ छिस्ती गरि पाँच वटा वडा अध्यक्ष जित हाँसिल गरेको छ भने माओवादी केन्द्रले वडा-३ दमेक र वडा-६ अर्जेवामा जित हाँसिल गरेको छ। राष्ट्रिय जनमोर्चाले वडा-१० राङखानी र नेकपा एमालेले वडा-९ मा जित हाँसिल गरेको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.