|

काठमाडौं : नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले मंगलवार उक्त जानकारी दिएको हो।

श्रीवास्तव हाल भारतीय विदेश मन्त्रालयमा पूर्वी एशिया विभाग प्रमुख पदमा कार्यरत छन्। उनको नाम नेपाल सरकारले स्वीकृत गरेसँगै उनी राजदूतको जिम्मेवारी सम्हाल्न नेपाल आउन लागेका हुन्।

सन् १९९३ मा परराष्ट्र सेवामा प्रवेश गरेका श्रीवास्तव चीन मामिलाका जानकार मानिन्छन्। सन् २०२० मा भारत–चीन सीमा क्षेत्रमा दुई देशका सैनिकबीच भएको विवादमा चीनसँग कूटनीतिक तथा सैन्य संवादका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

करिब एक महिनाअघि चैतको अन्त्यमा विनय क्वात्रा भारतीय परराष्ट्र सचिवमा बढुवा भएपछि खाली रहेको पदमा उनलाई पठाइएको हो।

भारतीय विदेश सेवामा चीनको शानहाईमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.