|

जुम्ला : तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा  गोरीकला बुढा (कल्पना) विजयी भएका छन्। 

रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई एक मतअन्तरले  पछि पार्दै विजयी बनेका हुन। उनले एक हजार ९३६ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी कांग्रेसका एकराज उपाध्याय एक हजार  ९१५ मत प्राप्त गरेका हुन्। 

त्यस्तै उपाध्यक्षमा निर्वाचित गोरीकलाले दुई हजार ४ मत प्राप्त गरिन्। उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार ८०७ मत पाइन्।

२०७४को निर्वाचनमा   नेकपा एमालेबाट रतननाथ योगी अध्यक्षमा विजयी भएका थिए। माओवादी केन्द्रकै  विष्णुमाया बुढाले उपाध्यक्षमा जितेकी थिइन्। यस पटक तिला गाउँपालिकामा  ६ हजार ३३१ मत खसेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.