काठमाडौं : काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका प्रकाश अधिकारी पुनः विजयी भएका छन्। उनले १० हजार ३ सय ४० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार रजनी थापाले १० हजार १ सय ६६ मत ल्याइन्।
उपमेयर भने कांग्रेसका मुरारी तामाङ विजयी भए। १० हजार १ सय ३२ मत प्राप्त गरेर उपमेयरमा तामाङ विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार ज्ञानमाया डंगोलले ९ हजार ५ सय १८ मत ल्याएकी छिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।