|

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेन्द्र साहले १५ मत कटाएका छन्। 

जारी मतगणनाको पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १५ हजार ४ सय २ मत ल्याएर अग्रता लिएका हुन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई ८ हजार २ सय ८८ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार सिर्जना सिंहले ७ हजार २ सय ९० प्राप्त गरेका छन्।

  कांग्रेस र एमालेले पाएको मत जोड्दा बालेन्द्रको झण्डै बराबरी हुन आउँछ। उपमेयरमा भने सुनिता डंगोल फराकिलो मतान्तनरले अगाडि छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.