|

हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ३१ हजार ६५६ गन्दा नौ हजार ९४१ मतसहित नेकपा एकीकृत समाजवादीकी मीना लामाले अग्रता लिएकी छिन्।

राप्रपाका दिपकबहादुर सिंहले नौ हजार ४१४ प्राप्त गरेका छन्।  उनीहरूबीचको मतान्तर ५२७ छ। यस्तै एमालेको उम्मेदवार अनन्त पौडेल आठ हजार ४४७ मतसहित तेस्रो स्थानमा छन्।

यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसका राजेश बानियाँले १४ हजार २७४ मत प्राप्त गरेका छन्। एमालेकी सुमित्रा काफ्लेले नौ हजार ५३२ ल्याएकी छिन्। राप्रपाकी इन्दिरा डल्लाकोटी न्यौपानेले दुई हजार २६२ मत पाएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.