|

सल्यान : दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले ‘क्लिन स्वीप’ गरेको छ। अध्यक्ष, उपाध्यक्ष र छ वटै वडा जितेर माओवादीले दार्मामा क्लिन स्वीप गरेको हो।

चार हजार ४६४ मत ल्याएर अध्यक्षमा माओवादीका निमबहादुर केसी दोस्रो कार्यकालका लागि विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामचन्द्र केसीले तीन हजार १४ मत प्राप्त गरे। 

यस्तै उपाध्यक्ष निर्वाचित माओवादी केन्द्रकै जुना मल्लले चार हजार ४६६ मत ल्याएकी छिन्। उनकीे निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उषा चन्दले दुई हजार ८६४ मत ल्याएकी छन्। 
 
६ वडा रहेको दार्मामा वडा नं. १ मा टंक केसी, २ मा सार्की खत्री, ३ मा पोखरबहादुर खत्री, ४ मा चन्द्रबहादुर रावत, ५ मा सुदिप केसी र ६ मा देवी खत्री निर्वाचित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.