अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र

|

दोलखा : तामाकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

बुधबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका प्रोणप्रताप केसी विजयी भएका हुन्। केसीले निकटतम प्रतिद्वन्द्वी एमालेका अभिषेक सुवेदीलाई दुई हजार २४ मतान्तरले हराएका हुन्। केसीले पाँच हजार ४९० मत प्राप्त गर्दा सुवेदीले तीन हजार ४६६ मत पाए।

उपाध्यक्षमा नेपाली काङ्ग्रेसकी सिर्जना सुवेदी निर्वाचित भएकी छिन्। नेकपा एमालेकी अम्बिका पोखरेललाई दुई हजार ९० मतको फराकिलो अन्तरले पराजित गर्दै सुवेदी विजयी भएकी हुन्। सुवेदीले पाँच हजार ४४१ मत ल्याउँदा पोखरेलले तीन हजार ३५१ मत प्राप्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.