|

हेटौडा : देशभर स्थानीय तह निर्वाचनको मतगणनाको चासो र चर्चा छ।​ मतपरिणामलाई लिएर धेरैको ध्यान तानिरहेको स्थानीय तहमध्येको एक हो– भरतपुर महानगरपालिका। 

भरतपुरमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच कडा टक्कर भइरहेको छ। कहिले झिनो मतले त कहिले भारी मतले एकअर्काको अघिपछि लागिरहेका उनिहरूको लागि अनपेक्षित बनेको छ भुइँकटहरको मत।

भुइँकटहर चुनाव चिह्न लिएर जगन्नाथ पौडेल स्वतन्त्र रूपमा चुनावी मैदानमा छन्। मतपरिणाममा प्रतिस्पर्धामा आउन भने सकेका छैनन्। रेनु र विजयबीच रोचक प्रतिस्पर्धा चलिरहँदा उनी तेस्रो स्थानमा मात्रै सीमित छन्। तर,पनि पौडेल रेनु र विजय दुवैको लागि चिन्ताको विषय बने छ।  विजय भुइँकटहरको धेरै मत आओस् भन्ने चाहन्छन् भने रेनु भुइँकटहरले मत नै नपाओस् भन्ने चाहन्छिन्।

भुइँकटर पौडेलले पाएको मत दाहाल र सुवेदी दुवैको लागि अनपेक्षित मत हो। सुवेदीले भुइँकटहरले दाहालको मत जति काट्ने अपेक्षा गरेका थिए, त्यो अनुसार भूइँकटहरले मत पाइरहेको अवस्था छैन्। उनले भूइँकटहरले दाहालको मत धेरै काटे आफू अगाडि बढ्न सक्ने र जित भेट्टाउन सजिलो हुने अपेक्षा गरेका थिए। 

तर,भुइँकटहरले दाहालको केही मत काटे पनि दाहाललाई सुवेदी भन्दा अगाडि जानबाट रोक्न सकेको छैनन्। पछिल्लो मतपरिणाम अनुसार दाहाल सुवेदी भन्दा १५ सय भन्दा बढी मतले अघि छिन्। दाहालले पनि भूइँकटहरलाई अहिले पाइरहेको मत आउँछ भन्ने अपेक्षा गरेको थिइनन्। 

गठबन्धनले वैशाख २२ गते गरेको कार्यक्रम ,देउवाको निर्देशन र प्रचण्डको चेतावनीपछि उनले आफ्नो मत नकट्ने कल्पना गरेको थिइन्। तर,५ दलीय गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले ९ हजारको अनुपातमा मत पाइरहँदा एक्लै चुनावमा होमिएका भूइँकटहर पौडेलले दाहालको भन्दा ५ हजारको मात्रै दुई कायम राखेका छन्। समाचार तयार पार्दासम्म उनले ४ बढी मत पाएका छन्। पछिल्लो समय उनले २० प्रतिशतसम्म मत पाइरहेका छन्। एमालेले भरतपुर–५ मा सोचेको भन्दा राम्रो मत पायो।

६ र ७ मा कांग्रेस राम्रो भएकोले रेनुले आफूले राम्रो मत पाउने अपेक्षा गरेकी छिन्। अपेक्षा अनुसार ६ नम्बरको जारी मतगणनामा राम्रो मत पाइरहेकी छिन् उनले। वडा १०, ११, १२, १३ एमालेको ठाउँ हो। त्यहाँबाट एमालेले राम्रो मत पाउने सम्भावना छ।  १३ नम्बरमा अघिल्लो पटक माओवादीले जितेको भएपनि वडामा बागी उम्मेदवार छ। १४ नम्वर वडा प्रचण्डको गाउँ ,पपुलर मत आउन सक्ने अपेक्षा गरिएको छ। १५ नम्वर वडामा भूइँकटहरको राम्रो मत आउन सक्ने छ। त्यहाँ उनको पक्षमा कांग्रेसका कार्यकर्ता खुलेरै लागेका छन्। 

१६,१७ र १८ एमालेले राम्रो मत पाउने अपेक्षा गरेको छ। पहिलेको घर पनि भएकाले विजयलाई त्यहाँको बढी नै आश छ अपेक्षा छ। वडा नम्वर १९, २०, २१ कांग्रेसको गढ  भएकोले त्यहाँबाट रेनु र जगन्नाथ दुवैले राम्रो मत पाउने अपेक्षा गरिएको छ। त्यहाँ भूइँकटहरलाई राम्रो गए पनि गठबन्धनले लिड गर्न सक्ने छ। २६ नम्बर वडामा भने दुवै पार्टीले राम्रो मत आउने दाबी गरेका छन्। २७ एमाले र २८ मा माओवादी राम्रो छ। त्यस्तै २९ वडा दासढुंगा क्षेत्र भएकोले एमालेले राम्रो भोट पाउने दाबी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.