|

रौतहट : रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका भिखारी यादवले ७ हजार ५२ मत प्राप्त गरेर विजयी भएका छन्। 

उनले नेपाली कांग्रेसका धिरेन्द्र सिंहलाई हजारएका हुन्। सिंहले ३ हजार ७०७ मत प्राप्त गरे। सिंह निवर्तमान नगरप्रमुख हुन्।

उपप्रमुखमा पनि नेकपा एकीकृत समाजवादीकै राजकुमारी देवी विजयी भइन्। राजकुमारीले ५ हजार ८४२ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अर्चनाकुमारी यादवले ३ हजार १४९ मत प्राप्त गरिन्।

उक्त नगरपालिकाको ९ वडामध्ये १ र ९ मा कांग्रेस तथा बाँकी सात वडामा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्षमा विजयी भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.