|

पर्वत : मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा हिरादेवी शर्माले गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका गुप्तबहादुर ठकुरीलाई एक हजार ३३१ मतले पराजित गरेकी हुन्। शर्माले ६ हजार ११ मत ल्याउँदा ठकुरीले चार हजार ६८० मत प्राप्त गरेका छन्। 

उपाध्यक्ष पदमा पनि एमालेकै विमल लामिछाने निर्वाचित भएका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका उनले यो पटक एक हजार ६४९ मतले काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै उपाध्यक्षमा चुनिएका हुन्। ३१ वर्षीय विमलले ६ हजार ३०३ मत ल्याउँदा गठबन्धनका रामबहादुर प्रसाईँले ४ हजार ६४५ मत पाएका छन्। 

आठ वटा वडा रहेको मोदीका ५ वटामा एमालेले र ३वटा कांग्रेसले पाएका छन्। एमालेबाट वडा–१ मा टेकबहादुर गुरुङ, २ मा वेल बहादुर कार्की क्षेत्री, ३ मा देवेन्द्रबहादुर क्षेत्री, ७ मा दुर्गाप्रसाद शर्मा र ८ मा सुकबहादुर गुरुङ विजयी भएका छन्।

कांग्रेसबाट वडा–४ मा मोहनसिङ चोचाङ्गी पुन, ५ मा मानबहादुर अधिकारी र ६ मा दीपेन्द्र लामिछाने विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.