|

काठमाडौं : रुपन्देहीको शुद्वोधन गाउँपालिका अध्यक्षमा कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी भएका छन्। बस्याल ७ हजार ९ सय ८३ मत ल्याई विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी निर्वतमान गाउँपालिका अध्यक्ष समेत रहेका एमालेका किशुनचन्द्र चौधरीले ६ हजार २ सय ७० मत प्राप्त गरे।

यस्तै उपाध्यक्षमा एमालेकी शान्तादेवी ज्ञवाली ६ हजार ६ सय ८२ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फका माओवादीकी सारदा भुषालले ३ हजार २ सय ५५ मत प्राप्त गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.