उपप्रमुखमा एमालेकी बास्तोला

|

काठमाडौं : भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन्। एमालेका वीणा बास्तोलालाई ३९० मतान्तरले पराजित गर्दै उनीविजयी भएका छन्।

खत्रीले नौ हजार ५५० मत प्राप्त गरे भने  निकटतम प्रतिद्वन्द्वी बस्तोलाले नौ हजार १६० मत पाइन्। बास्तोला यसअघि  नगरपालिकाको उपप्रमुख थिइन्।

नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रवीन्द्रप्रताप शाहले आठ हजार ६७ मत प्राप्त गरे। नेमकिपाका केशवप्रसाद तिमिल्सनाले तीन हजार २६७ मत प्राप्त गरे।

त्यसैगरी उपप्रमुखमा एमालेका रमेश बुढाथोकी विजयी भएका छन्। बुढाथोकीले ११ हजार १०७ मत प्राप्त गरे।उनका प्रतिस्पर्धी कांग्रेसकी सुभद्रा काफ्लेले नौ हजार ६७ मत प्राप्त गरे।  उपप्रमुखमा राप्रपाका मञ्जु कार्कीले छ हजार ८६ मत र नेमकिपाका कल्पना लामाले तीन हजार ३७४ मत प्राप्त गरे।

नगरपालिकाको वडा नं. १ मा कांग्रेसका सिजन कार्की, २ मा कांग्रेसकै सोम प्रधान, ३ मा एमालेका श्यामसुन्दर धिमाल र ४ मा एमालेका रोजबहादुर तामाङ नर्वाचित भएका छन्। यस्तै ५ मा कांग्रेसका जयन्द्र खड्का, ६ मा राप्रपाका धनबहादुर लामा, ७ मा राप्रपाका श्याम नायजू श्रेष्ठ, ८ मा कांग्रेसका जनक खत्री र ९ मा नेमकिपाका गणेश त्यात विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.