|

हेटौडा :  भरतपुर महानगरपालिकामा नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले १६ सय १७ मतकाे अग्रता लिएकी छन्। एमालेका विजय सुवेदीलाई पछि पार्दै दाहालले अग्रता कायम गरेकी हुन्। 

२७ हजार २६ मत गणना हुँदा दाहालकाे नौ हजार ८०१ मत रहेकाे छ भने उनलाई पछ्याइरहेका सुवेदीकाे आठ हजार १८४ मत रहेकाे छ। 

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले ४ हजार ४३९ मत ल्याएर तेस्राे स्थानमा छन्।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ७४० मत ल्याउँदै अग्रता लिइरहेका छन्। राप्रपाकी हिमला गुरुङले ६ हजार ६६८ मत ल्याएर अधिकारीलाई पछ्याइरहेकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.