|

प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको 'केजिएफ च्याप्टर २' ले १२ सय करोडभन्दा बढीको कमाइ गरेको छ। पिरियड एक्सन ड्रामा जनरामा बनेको फिल्मले पाचौँ हप्तामा १२ सय करोडको आँकडा पार गरेको हो। 

यो सँगै 'केजिएफ २' विश्वभरीबाट सर्वाधि कमाइ गर्ने भारतीय फिल्मको सूचीमा तेस्रो नम्बरमा पुगेको छ। गत मार्चमा प्रदर्शनमा आएको एसएस राजामौली निर्देशित फिल्म आरआरआरको बक्स अफिस कलेक्सनलाई पछि पार्दै 'केजिएफ २' अगाडि गएको हो। अब 'केजिएफ २' को अगाडि 'बाहुबली २' र 'दंगल' रहेका छन्। 

भारतमा ९ सय ५८ करोडको कमाइ गर्दै सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा 'केजिएफ २' दोस्रो नम्बरमा रहेको छ। पहिलो नम्बरमा राजामौलीको 'बाहुबली २' को बक्स अफिस कलेक्सन १४ सय २९ करोड रहेको छ। 

सय करोड बजेटमा बनेको फिल्मको यो कमाइलाई ऐतिहासिक मानिएको छ। केजिएफ २ को सफलतापछि निर्माता च्याप्टर ३ मा लगानी बढाउने तयारीमा रहेको छ। यसै वर्षको अन्तिमदेखि फिल्मको छायांकन सुरु हुनेछ। २०२४ मा फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.