|

काठमाडौं : नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीले विद्रोहको नाममा आफ्ना पार्टीको उम्मेदवारलाई हराएर माओवादीमा फर्कने सपना नदेख्न आग्रह गरेका छन्। माओवादीलाई बरु जिरोबाट शुरु गर्न तयार भए पनि फोहोरबाट मुक्त गरिने बताएका हुन्। 

‘कुनै पनि विद्रोही नामक गद्दारले आफ्ना उम्मेदवारलाई हराएर पुन माओवादी केन्द्रमा फर्कने सपना नदेख्नु’ उनले फेसबुकमा लेखेका छन्, ‘पार्टीभित्र सिन्का नभाँची पार्टी हैसियत सदा समातेर बस्ने, आसन ग्रहणको श्रृंखला झुक्किँदा पनि उधुम मच्चाउने तर चुनाव आउनासाथ आफ्नो हैसियतको मुल्य तोकेर विपक्षीसँग मोलमोलाई गर्दै हिँड्नेलाई हामी स्वीकार गर्न सक्दैनौँ।’

पार्टीको आधिकारिक उम्मेदवार हुने तर आफू जित्न सक्दिनँ भन्दै पार्टीको कुनै पनि निकायमा कुनै सल्लाहसमेत नगरी आफ्नो मनखुशी अर्को पार्टीलाई मत घोप्ट्याउने धोकेवाजहरुले पार्टीको अस्तित्व बेचेको उनको आरोप छ।  

‘पार्टीभित्र  बसेर विपक्षी उम्मेदवारलाई भोट माग्ने, टाउका फलानालाई पुच्छर फलानालाई भन्दै जनमतलाई ट्विस्ट गर्ने, र पार्टीका उम्मेदवार हारेकोमा एक शब्द सहानुभूति नदिई विपक्षीको विजयमा उत्सव मनाउने सबैखाले छद्म गद्दारहरूले समयमै माओवादी केन्द्र छाडेको स्वेच्छिक घोषणा गर्नु’ उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.