|

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले आत्मसमीक्षा गरे वाम आन्दोलन देश र जनताको लागि हित हुने बताएका छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा जारी अवरोध हटाएपछि गम्भीर आत्मसमीक्षा गर्न सके देश, जनता र वाम आन्दोलनको हितको लागि हित हुने बताएका हुन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्‍याे। राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नै पर्थ्यो। ढिलै भएपनि विवेकले काम गर्‍याे। राम्रो गर्‍याे। एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्मसमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ। सोचौं।’

राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि पनि आत्मसमीक्षा गरेर वाम आन्दोलन हित हुने उनको बुझाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.