|

काठमाडौं : १२ स्थानीय तह रहेको सुनसरीमा पहिलो पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। 

निर्वाचन अधिकृतको कार्यालय भोक्राहा नरसिंह गाउँपालिकाले दिएको जानकारी अनुसार सो पालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्ष पदमा कांग्रेसका अजमल अख्तर आजाद ४६०६ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्र प्रसाद यादवले ३१७१ मत प्राप्त गरेका छन्। 

कांग्रेसका आजादले १३३५ मतान्तरले पालिका अध्यक्ष जितेका छन्। यता उपाध्यक्ष पनि कांग्रेसले नै जितेको छ। उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार सुनिता उरावले ३९७४ मत ल्याएर विजयी भएकी छिन्। उनकी निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी पुनम कुमारी मेहताले २६१८ मत पाइन्। काग्रेसकी उरावले १३५६ मतान्तरले जसपाकी मेहतालाई पराजित गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.