धनगढी : कैलालीको गोदावरी नगरपालिकामा मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ। मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वोरेन्द्र भट्ट विजयी भएका छन् भने उपमेयरमा एमालेकी शारदा रोकाया विजयी भएकी छन्।
मेयरमा विजयी भट्टले १५ हजार ५०१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत मात्रै पाएका छन्।
यस्तै उपमेयरमा विजयी एमालेकी रोकायाले १० हजार ६७० मत ल्याएकी छन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत ल्याइन्। कुल ५५ हजार ४९३ मतदाता रहेको गोदावरी नगरपालिकामा ३६ हजार ५६० मत खसेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।