|

काठमाडौं : चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।  पाँच दलीय गठबन्धनलाई पराजित गर्दै मेयरमा विनोद रेग्मी र उपमेयरमा बिमला लामा बिजयी भएका हुन्।

यस अघि २०७४ को स्थानीय चुनावमा रेग्मी कालिका नगरपालकिा वडा  नम्बर ६को वडाध्यक्षमा निर्वाचित भएका थिए। उनले ७४ को चुनावमा का्रग्रेसका उम्मेदवार कृष्णबहादुर घिमिरेलाई पराजित गरेका थिए। ७४ को चुनावमा यो महानगरमा एमालेका उम्मेदवार विजयी भएका थिए। 

यो नगरमा रहेका ११ वडामध्ये ४ वडामा एमाले र ७ वडामा गठबन्धनका दल विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.