बदर मत धेरै हुँदा एमालेकी शिल्पालाई फाइदा, जसपाका अमरेन्द्रलाई घाटा

|

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ। एमालेका उम्मेदवार सागर थापासँग ३ हजार ३  सय ७०  मतान्तरले काेइराला अगाडि छन्। 

कोइरालाले १४ हजार ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका थापाले १० हजार ५ सय ९२ मत प्राप्त गरेका छन्।  

यस्तै, स्वतन्त्र उम्मेदवार उमेश यादवले ४ हजार ५ सय १ मत पाएका छन्। भने राप्रपा उम्मेदवार प्रह्लाद साहले २ हजार ८ सय ५४ मत पाएका छन्। 

उपप्रमुख एमालेकी शिल्पा कार्कीले फराकिलो मतान्तरले अग्रता कायमै राखेकी छन्। कार्कीले १२ हजार २ सय ३२ मत ल्याउँदै गर्दा जसपा उम्मेदवार अमरेन्द्र यादवले ७ हजार ४ सय ४० मत पाएका छन्। यादव र कार्की बीचको ४ हजार ७ सय ९२ काे मतान्तर छ। 

उपप्रमुखमा राप्रपा उम्मेदवार विन्दाकुमारी लुइँटेल आचार्यले ३४७० मत पाउँदा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २५४९ मत पाएकी छन्।

उपप्रमुखमा ३८ प्रतिशत मत बदर 

महानगरमा हालसम्म खसेको मतमध्ये प्रमुखमा २५ प्रतिशत  र उपप्रमुखमा ३८ प्रतिशतभन्दा धेरै मत बदर भएको प्रमुख निर्वाचन आयुक्तको कार्यालयले जनाएको छ।  

बुधबार ११ बजेसम्म जम्मा ४० हजार २७२ मतगणना भएकाे छ। जसमध्ये महानगर प्रमुख पदमा १० हजार ३ सय ७७ र उपप्रमुखमा १५ हजार ६ सय ३७ मत बदर भएको छ। 

एकै पदमा अलग-अलग पार्टीका मत चिह्नमा दुईपटक छाप लगाएर मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.