|

विराटनगर : मोरङको केराबारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। बुधबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार एमालेका सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा एमालेकी मनमाया मगर निर्वाचित भएका छन्।

सुमनले अध्यक्षमा ७ हजार ८१० मत र उपाध्यक्षमा मगरले ७ हजार २६७ मत ल्याएर विजयी भएका हुन्। सुमनले कांग्रेसबाट निर्वाचित निवर्तमान गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीलाई १ हजार ४२० मतको अन्तरले पराजित गरेका हुन्।

गाउँपालिका अध्यक्षमा कांग्रेसका कार्कीले ६ हजार ३९० मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेसकी सुभद्रा राईले ६ हजार ४२८ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भइन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका कार्कीले अध्यक्षमा ५ हजार ४९९ र उपाध्यक्षमा एमालेकी शान्तिकुमारी लिम्बूले ५ हजार ७४७ मत ल्याएर जितेका थिए। 

१० वडा रहेको केराबारीमा कांग्रेसले वडा नम्बर ४, ८ र ९, माओवादी केन्द्रले वडा नम्बर ६ र एमालेले नम्बरहरू १, २, ३, ५, ७ र १० को अध्यक्ष जितेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.