|

काभ्रे : जिल्लाको विकट क्षेत्र मानिने खानीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार भरी मतले विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ)  र उपाध्यक्षमा नेपाली कांग्रेसका दोर्जेमान जिम्वा निर्वाचित भएका हुन्।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित थिङले ४ हजार ४ सय ८५  मत ल्याएर विजय हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका शेखर लामाले ३ हजार १ सय ५६ मत ल्याए। थिङले १ हजार ३ सय बढी मतले निकटतम प्रतिस्पर्धी एमालेका लामालाई हराएको हो।

यस्तै, कांग्रेसका दोर्जेमान जिम्वा ४ हजार ३२८ मत ल्याएर विजय भएका छन्। उनले प्रतिस्पर्धी एमालेका रुकमेणी गुरुङलाई १३४१ मत अन्तरले पराजित गरेका हुन्।

एमालेको तर्फबाट उपाध्यक्ष पदको उम्मेदवार गुरुङले २ हजार ९८७ मात्र मत ल्याए। उनी २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा विजय भएको थियो।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित थिङ माओवादी केन्द्र बागमती प्रदेशका सचिव इन्द्रबहादुर हुन् भने जिम्बा कांग्रेस खानीखोला गाउँपालिकाका सभापति हुन्।

७ वटा वडा रहेको खानीखोला गाउँपालिकामा माओवादी केन्द्रले ४ र कांग्रेसले २ र एमालेले एक वडामा जित हात पारेका छन्।

काभ्रेमा दुई पालिकाको मात्र अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।  जसमा दुवै पालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस विजय भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.