|

इन्डियन प्रिमियर लिग २०२२ को लिग चरणका अन्तिम ५ खेल बाँकी छन्। अहिलेसम्म प्लेअफमा पुग्ने ४ टीमको तय हुन सकेको छैन। गुजरात टाइटन्स १३ खेलबाट १० जितका साथ २० अंक जोडेर शीर्ष स्थानमा रहँदै आधिकारीक रुपमा प्लेअफमा स्थान बनाउन सफल भएको टीम हो।

राजस्थान र लखनउको टीमले १६-१६ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यी दुवैले प्लेअफमा स्थान बनाउन आफ्नो अन्तिम खेल जित्नु पर्नेछ। दुवै टीमले आ-आफ्नो खेल जितेमा रनरेटका आधारमा दोस्रो स्थानमा रहने टीमको तय हुनेछ। 

दिल्ली र बैंगलोर आ-आफ्नो खेल जित्दै १६ अंक बनाउन सक्ने अवस्थामा छन्। यस्तोमा अन्य टीम भने आफ्नो खेल जितेको खण्डमा पनि १४ अंकमात्रै रहनेछ। समग्रमा मुम्बई र चेन्नईलाई छोडेर बाँकी सबै टीमको प्लेअफको होड कायम छ।

दिल्लीलाई सबैभन्दा राम्रो अवसर 

दिल्ली क्यापिटल्सले १३ खेलमा १४ अंक रहेको छ। उसले शून्य दशमलव २५५ को रनरेट कायम गरेको छ। उसले अन्तिम खेलमा मुम्बई इन्डियन्सको सामना गर्दै छ। जहाँ उसले जित निकालेको खण्डमा प्लेअफ पुग्ने संभावना बलियो हुनेछ।

यदि उक्त खेलमा पराजित भएको खण्डमा भने १४ अंकमा नै रहनेछ। यस्तोमा छनोटका लगि रोयल च्यालेन्जर्स बैंगलोर अन्तिम खेलमा गुजरात टाइटन्ससँग पराजित हुनु पर्नेछ। तर नेट रनरेटका कारण दिल्ली ढुक्क हुने अवस्थामा भने छैन।

पञ्जाबलाई फराकिलो जितसँगै भाग्यको साथ जरूरी

पञ्जाब किंग्सले १३ खेलमा ६ मा जित निकालेको छ। उसको अंक तालिकामा १२ अंक रहँदा नेट रनरेट शून्य दशमलव ०४३ रहेको छ। पञ्जाबको सिजनको अन्तिम खेलमा सनराइजर्स हैदराबादविरुद्ध खेल्नु पर्नेछ। दिल्लीसँगको हारले पञ्जाबलाई ब्याकफुटमा धकेलेको हो। साथै उसको नेट रनरेट समेत कमजोर भएकाले गणतिय संभावना मात्र बाँकी रहेको छ।

बैंगलोरलाई जित्नु पर्ने चुनौती

रोयल च्यालेन्जर्स बैंगलोरले १३ खेलमा ७ जितसहित १४ अंक बनाएको छ। उसको नेट रनरेट शून्य दशमलव ३२३ रहेको छ। आरसिबीका लागि यो नेगेटिभ रनरेट नै प्लेअफबाट वञ्चित गर्ने कारण बन्न सक्छ। त्यसैले बैंगलोर सजिलो प्लेअफको लागि आफ्नो सहज जित र दिल्लीको हारको कामना गर्नु पर्नेछ। अन्यथा दिल्लीले जितेको खण्डमा बैंगलोर बाहिरिनेछ। 

दिल्ली र बैंगलोरको हारमा भाग्य खोज्दै कोलकाता

कोलकातासँग  पनि प्लेअफको अवसर भने बाँकी छ। यदि कोलकाताले आफ्नो अन्तिम खेलमा जित निकाल्न सकेमा उसले दिल्ली र बैंगलोरको हारको कामना गर्नुपर्नेछ। कोलकाताको नेट रनरेट शून्य दशमलव १६० रहेको छ। जुन रनरेट पनि सुधार्दै दुई टीमको भन्दा राम्रो बनाउने चुनौती पनि कोलकातालाई रहेको छ। कोलकाताले अन्तिम खेलमा लखनउसँग प्रतिस्पर्धा गर्ने छ।

हैदराबादले मुम्बईविरुद्ध ३ रनको जित निकाल्दै प्लेअफको संभावना गणितीय रुपमा कायम राखेको छ। तर अन्तिम खेलमा जितसँगै फराकिलो रनरेटको जित साथमा  अन्य टीमको हारको कामना गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.