|

लमही : दाङको गढवा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका यमनारायण शर्मा पोख्रेल र उपाध्यक्षमा नेपाली कांग्रेसकी शारदा चौधरी निर्वाचित भएका छन्। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार ६ हजार ९०९ मत ल्याएर पोख्रेल विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सर्वजित डिसीले ६ हजार १६७ मत पाए। २०७४ सालको निर्वाचनमा एमालेबाट निर्वाचित भएका अध्यक्ष पदका उम्मेदवार सहजराम यादव भने यसपटक पराजित भएका छन्।

उनले  ४ हजार १३१ मत पाए। त्यस्तै उपाध्यक्षमा निर्वाचित चौधरीले ५ हजार ८८१ मत पाए। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सीताकुमारी चौधरीले ४ हजार ८३० मत पाइन्।

त्यस्तै नेकपा समाजवादीकी शान्ति चौधरीले ४ हजार ११२ मत पाइन्। चौधरी पनि २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन्।

गढवामा माओवादी र नेकपा (एकीकृत समाजवादी) बीचमा चुनावी तालमेल भएको थियो। ८ वटा वडामध्ये ४ वटा माओवादी, २ नेपाली कांग्रेस र २ एमालेले जितेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.