|

सल्यान : वर्षातका कारण सडकमाथिबाट पहिरो आएपछि छिन्चु–जाजरकोट सडकखण्ड अवरुद्ध भएको छ। हिजो (मंगलबार) बेलुकी  परेको वर्षापछि आएको पहिरोले सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बोटेचौर-सल्लि सडकखण्डअन्तर्गत पोखरे,  धागेचरि, कुरिल्ले, जुम्लिभिरमा पहिरो आएको छ। गएरातिदेखि गाडीहरू पहिरोका कारण बीचमै रोकिएका छन्। जसका कारण धेरै यात्रु अलपत्र परेका छन्।

सुर्खेत गुर्भाकोट नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकाअन्तर्गतका वडाहरूले जथाभावी सडक खन्दा त्यसको असर छिन्चु-जाजरकोट सडकखण्डमा परेको छ।

सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। सडक सञ्चालन गर्न अझै २/३ घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.