|

धनकुटा : वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेकाे छ। अहिलेसम्म धनकुटाका ६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ भने एउटा स्थानीय तहको मत गणना भइरहेको छ।

धनकुटाको धनकुटा, महालक्ष्मी र पाख्रिबास नगरपालिका तथा चौबिसे, साँगुरीगढी र छथर जोरपाटी गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ।

धनकुटाको सहिदभूमि गाउँपालिकामा मतगणना कार्य जारी रहेको छ। धनकुटाको मत गणना सम्पन्न भएका स्थानीय तहमा एमालेले २ र गठबन्धनले ४ वटा स्थानीय तह प्रमुख जितेको छ।

धनकुटा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेका उम्मेदवार चिन्तन तामाङले नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईलाई १४ मत अन्तरले पराजित गरेका छन्। तामाङले ७ हजार ६६६ मत प्राप्त गर्दा राईले ७ हजार ६५२ मत मात्र प्राप्त गरेका छन्।

त्यस्तै उपप्रमुखमा एमालेको भिमा खनालले ७ हजार १९६ मत प्राप्त गर्दा गठबन्धनको तर्फवाट माओवादी केन्द्रका उम्मेदवार गणेश विष्टले ६ हजार ६२९ मात्र मत प्राप्त गरे। 
यता साँगुरीगढी गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका जितेन्द्र रुम्दाली राई ५ हजार ३ सय ९९ मत ल्याई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार कुमारजंग याखालाई ५ सय ७१ मतान्तरले पराजित गरेका हुन्।

पराजित कुमारजंग याखाले ४ हजार ८२८ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा एमालेकी मुना राईले ४ हजार ६ सय ५० मत पाएर विजयी भएकी छन्। उनले गठबन्धनका जनता समाजवादीका लिलाराज लावतीलाई ५ सय १४ मतले पराजित गरेकी हुन्।

लावतीले ४ हजार १ सय ३६ मत पाएका छन्। धनकुटाको चौबिसे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार राजकुमार लिम्बू ५ हजार ३८ मत ल्याई विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का दलबहादुर मगरलाई १ हजार ४७ मतान्तरले पराजित गरेका हुन्। पराजित दलबहादुर मगरले ३ हजार ९ सय ९१ मत ल्याएका छन्।

यस्तै उपाध्यक्षमा एमालेकी टंकमाया मगरले ४ हजार ९ सय ८३ मत पाएर विजयी भएकी छन्। उनले गठबन्धनका जनता समाजवादीका दिवा चेम्जोङलाई ९ सय ९५ मतले पराजित गरेकी हुन्। चेम्जोङले ३ हजार ९ सय ८८ मत पाएका छन्।

त्यस्तै पाख्रिवास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका ज्ञान बहादुर गुरुङ विजयी भएका छन्। गुरुङले ५ हजार ४९८ मत प्राप्त गर्दा एमालेका भिम राईले ५ हजार ५३ मत प्राप्त गरे।

उपप्रमुखमा एमालेकी नम्रता देउजाले बाजी मारिन्। देउजाले ५ हजार ६२ मत ल्याउँदा गठबन्धनका उम्मेदवार माओवादीका ओमप्रकाश निरौलाले ४ हजार ६४१ मत प्राप्त गरे। यता महालक्ष्मी नगरपालिका पनि कांग्रेसले बाजी मारेको छ।

कांग्रेसका ध्रुव रायले ६ हजार ३२८ मत प्राप्त गर्दा एमालेका दिपक बुढाथोकीले ५ हजार १३९ मत प्राप्त गरे उपप्रमुखमा भने एमालेकी मन्जु अधिकारी कार्कीले एकीकृत माओवादीका प्रेम खड्कालाई पराजित गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.