|

काठमाडौं : भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादीकी रेनु दाहालले अग्रता कायमै राखेकी छन्। २८ हजार ६ सय ४३ मत गणना गर्दा माओवादीकी रेनुले १० हजार ४ सय ४९ मत ल्याएर अग्रता कायमै राखेकी हुन्। 

एमालेका विजय सुवेदीले ८ हजार ५ सय ९७ मत ल्याउँदै गर्दा गठबन्धन विरुद्धको बागी उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६ सय ९६ मत ल्याएका छन्। रेनु र विजयीबीचको मतान्तर १ हजार ८ सय ५२ रहेको छ। 

यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १२ हजार ४ सय ९६ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङ्गले ६ हजार ९ सय ९२ मत ल्याएकी छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.