|

सर्लाही : सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो विजयी भएका छन्।

३ हजार ९९५ मत सहित महतो विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत मात्र पाए। यसअघिका गापा अध्यक्ष लोसपाका महेन्द्र महतो २ हजार ८८५ मतमै सीमित भए। उनी लोसपा वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोका दाजु तथा प्रदेशसभा सदस्य उपेन्द्र महतोका बुबा हुन्।

त्यस्तै उपाध्यक्षमा भने माओवादीकी गीतादेवी महतो ३ हजार ८६० मत सहित विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मञ्जु देवीले २ हजार ९५८ मत पाइन्।
यो सहित कांग्रेसले सर्लाहीमा ९ वटा पालिकामा जितेको छ।

यसअघि हरिपुर, मलंगवा, हरिपूर्वा नगरपालिका तथा ब्रह्मपुरी, पर्सा, धनकौल, विष्णु र कौडेना गाउँपालिकामा कांग्रेसका उम्मेदवारले प्रमुख र उपप्रमुख दुवै पदमा जितिसकेका छन्। लालबन्दी, ईश्वरपुर र कविलासी नगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.