|

डाेटी : डाेटीमा यसपालि स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको बर्चस्व बनेकाे छ। जिल्लाका नौ वटा स्थानीय तह मध्ये नेपाली कांग्रेसले सात तहमा जित हात पारेको छ भने बाँकी दुई पालिकामा झिनो मतले पराजित भएको छ।

अध्यक्षमा पराजित भएको बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा समेत नेपाली कांग्रेसले जितेको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सीमित रहेको थियो। यसपालि पराजित भएको जोरायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दिपक बहादुर बिष्टले ३७ मतले मात्रै हार व्यहोरेका छन् भने बोगटान फुड्सिल गाउँपालिकामा नेपाली कांग्रेसका दिलबहादुर बम १२४ मतले पछि परेका हुन्।

उक्त पालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसले नै जितेको छ।

जिल्लाका जम्मा ६५ वडा मध्ये नेपाली कांग्रेसले ३९ वडामा जित हात पार्दै गर्दा नेकपा एमाले १९ वडामा सीमित रहेको छ। नेकपा माओवादी केन्द्रले ४ वडामा जितेको छ भने सँगै मिलेर चुनाव लडेको नेकपा एकीकृत समाजवादीले एउटा वडामा मात्रै चित्त बुझाउनु परेको छ।

एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ। केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ मा राप्रपाले जित हात पारेको छ।

त्यसैगरी दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्ष जितेका राजेन्द्र खड्का यसपटक पार्टीबाट टिकट नपाउँदा स्वतन्त्रबाट उठेर जितेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.