|

सुर्खेत : जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी निर्वाचित भएका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई १०९ मतले पराजित गर्दै गिरी अध्यक्षमा विजयी भएका हुन्।

गिरीले ३ हजार ९५४ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्रबहादुर शाहले ३ हजार ८४५ मत प्राप्त गरेका छन्।

यस्तै उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी निर्वाचित भएका छन्। गिरीले ३ हजार ६६३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी गीता सिंहले ३ हजार ४०१ मत प्राप्त गरेकी छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट महेन्द्रबहादुर शाह निर्वाचित भएका थिए।

बारेकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच चुनावी गठबन्धन भएको थियो नेकपा एमालेले एक्लै निर्वाचनमा होमिएको थियो। अध्यक्षमा निर्वाचित गिरी प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.