|
फाइल

काठमाडौं : यतिखेर काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ मा अहिले मतगणना भइरहेको छ। यो वडामा  नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा सुरुवाती अग्रता लिएका छन्।

उक्त वडामा अहिले करिब  २०० मतगणना हुँदा स्थापितले ६० मत पाएका छन् भने बालेन साहले ४६ मत पाएका छन्। यो तथ्यांकअनुसार स्थापित बालेनभन्दा १४ मतले अगाडि देखिएका छन्।

यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले भने ३३ मत पाएकी छन्।  पछिल्लो विवरणअनुसार वडा- १, २, ३, र ५ को मतगणना सकिएको छ भने वडा- ४, ६, ७, २९, ३०, ३१ र ३२ को पनि मतगणना भइरहेको छ। 

हालसम्म बालेनले १७ हजार ५ सय ५८, स्थापितले ९ हजार ५६ र सिर्जना सिंहले ८ हजार १ सय २८ मत पाएका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.