|

काठमाडौं : सरकारले छिमेकी भारतमा पछिल्ला दिन कोभिड-१९ संक्रमणदर बढेको भन्दै वेलैमा सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले नयाँ कोरोना भेरिएन्टको समेत जोखिम रहेको जानकारी दिइन्।

उनले भनिन्, ‘पछिल्लो समय भारत र चीनमा कोरोना संक्रमण बढेको पाइएको छ, नयाँ भेरिएन्टको पनि जोखिम छ, त्यसैले हामी सबै सचेत रहौँ।’

उनले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्न पनि आग्रह गरिन्। पछिल्ला दिनमा कोरोना संक्रमणका कारण लगाइएका कतिपय प्रतिबन्ध खुले पछि मानिसहरुमा सामान्य सावधान रहने कुरा समेत हट्दै गएको छ।

पछिल्लो अर्थात तेश्रो मात्रा खोप लगाउन बाँकी रहेकाले नजिकका अस्पतालमा गएर छिटै लगाउन पनि उनले सुझाव दिइन्। देशभर पछिल्लो समय ३ हजार ४ सय ७३ जनाको कोरोना परीक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.